२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

सत्ता गठबन्धनको कार्यदलको बैठक आजपनि जारी

२१ श्रावण २०७८, बिहीबार १३:३५


२१ साउन २०७८ काठमाण्डौं


सत्ता गठबन्धनको कार्यदलको बैठक आजपनि बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले यसअघि बनाइएको सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने तयारीमा बैठकले काम गरिरहेको छ । कार्यदलको यसअघिको बैठकले सरकारका प्राथमिकता र मन्त्रीहरूका लागि आचारसंहिता बनाईसकेको छ । साझा कार्यक्रमलाई अन्तिम रुप दिएर गठबन्धनका शीर्ष नेताहरुसँग परामर्श गरेपछि प्रतिवेदन सार्वजनिक गर्ने कार्यदलको तयारी छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा कांग्रेसबाट मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव सहभागी रहनुभएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV