सत्तारुढ दल नेकपाका शीर्ष नेताहरुले कार्यकर्तालाई आचरण सुधार्न गरे निर्देशन
१ मंसिर २०७६, आईतवार १०:४७
युवाहरु पछिल्लो समयमा असामाजिक वन्दै जाने, श्रममा विश्वास नगर्ने र कुलतमा फस्दै जान थालेकोमा चिन्ता ब्यक्त गदै नेताहरुले सामाजिक आचार ब्यहार अवलम्वन गर्न निर्देशन गरेका छन । वरिष्ठ नेता माधव नेपाल, प्रस्तावित उपाध्यक्ष तथा सचिवालय सदस्य वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले कम्यु्निष्ट पार्टीको सदस्यले पहिले आफुलाई खरो अनुशासन पद्दतीमा ढाल्नु पर्ने वताएका हुन्। वरिष्ठ नेता नेपालले युवाहरुले पार्टी नेतृत्वलाई घचघचाउनु पर्ने र नेतृत्व विकासमा जोड दिनुपर्ने वताएका छन । उनले युवाहरुमा देखिन थालेको असमाजिक चरित्रलाई वदलेर सामाजिक उतरदायित्वपूर्ण जिम्मेवारीमा खटिन निर्देशन गरेका हून ।
Share on Social Media

