२०८३ बैशाख ६, आइतवार

   2026, Apr 19 Sunday

संसद पदबाट भीम रावलले दिए राजीनामा

३ श्रावण २०७८, आईतवार १९:३४

३ साउन २०७८, काठमाण्डौं

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संसद पदबाट राजीनामा दिनुभएको छ ।
सर्वोच्च अदालतको आदेशबाट दोस्रो पटक पुनःस्थापना भएपछि प्रतिनिधिसभाको आठौं अधिवेशन बसेका बेला रावलले पदबाट राजीनामा दिनुभएको हो ।
उहाले अराजनीतिक क्रियाकलाप रोक्न आफूले प्रयास गरे पनि नसकेपछि राजीनामा दिएको बताउनुभयो । राजनीतिक तहमा अनैतिक घृणित काम भइरहेकाले तिनलाई रोक्नका लागि अधिकतम प्रयास गरेको उहाले बताउनुभयो । अराजनीतिक गतिविधिको मतियार नबन्नका लागि प्रतिनिधिसभाबाट राजीनामा दिएको उहाको भनाई छ ।
अनैतिक राजनीति तथा देश र जनताविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयष्कर भएकोले उक्त प्रकारको दुषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा दिएको रावलको राजीनामा पत्रमा उल्लेख छ । पछिल्लो समय रावल पार्टी एकताका लागि गठित कार्यदलका सदस्य रहनुभएको थियो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV