संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्ने
१९ श्रावण २०७८, मंगलवार १३:०६
१९ साउन २०७८, काठमाण्डौं
संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ ।
प्रतिनिधि सभाको बैठक अहिले केहीवेरमा बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम आयोगको आर्थिक वर्ष २०७६÷०७७ वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । साथै सभामुख अग्निप्रसाद सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेत रहेको छ । तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०४८ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा दार्चुला जिल्ला क्षेत्र नं. २ बाट निर्वाचित सदस्य हाल नेपाली कांग्रेसका नेता अकबरबहादुर सिंहको ९० वर्षको उमेरमा २०७८ साल साउन १५ गते निधन भएको थियो । उनको निधनप्रति संसदमा शोक प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ ।

