उदयपुरमा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु
२१ कार्तिक २०७६, बिहीबार ११:२०
उदयपुरको चौदण्डीगढी नगरपालिका–७ पारुहाङ्ग एकेडेमी बेलटारको बसले ठक्कर दिंदा सोही नगरपालिका–८ बस्ने बर्ष ६० कि नम्रता थापाको मृत्यु भएको हो ।विद्यार्थी बोकेको ना४ ख ८१३४ नम्बरको बसले एक महिलालाई ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको हो । स्ट्रिङ फेल भइ बस अनियन्त्रित हुँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । मृतकको शव प्राथमिक स्वास्थ्य केन्द्र बेलटारमा राखिएको छ तर डाक्टर नहुँदा पोष्टमार्टमको लागि जिल्ला अस्पताल गाइघाट लगिने बताइएको छ
Share on Social Media

