श्रमिकका जायज मागहरु पूरा गर्ने मुख्यमन्त्री केसीको प्रतिवद्धता
४ भाद्र २०७८, शुक्रबार १९:१८
४ भाद्र, काठमाण्डौं
विभिन्न माग राख्दै आन्दोलनरत ट्रेड युनियन महासंघको संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयुसीसी)ले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीलाई ज्ञापन बुझाएका छन् ।
शुक्रवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीलाई भेटी ज्ञापनपत्र बुझाएको हो । सामाजिक सुरक्षामा सूचिकरण हाम्रो अभियान भन्ने मुल नाराका साथ देशव्यापी रुपमा अभियान सञ्चालन गरीरहेका जेटीयुसीसीले सबै प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको जनाएको छ ।
ज्ञापनपत्र बुझाउदै जेटीयुसीसीले देशका आर्थिक मरुदण्डका रुपमा रहेका श्रमिक ,मजदुर र कर्मचारी रहेको भन्दै उनीहरुलाई चाडो भन्दा चाडो कोरोना खोपको व्यवस्था गर्न सरकार सगँ माग गरेको छ ।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कुल प्रसाद केसीले श्रमिकका जायज मागहरु पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले प्रदेश सरकार श्रमिककै पक्षमा रहेको बताउदै श्रमिकका पक्षमा बनेको सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्न सम्बन्धित निकायलाई जानकारी दिनुका साथै ऐनलाई स्थापित गराउने पक्षमा आफुले सक्दो पहल गर्ने बताउनुभयो ।
नेपाली श्रम बजारलाई मर्यादित, सुरक्षित र सुदुढ बनाउन सरकार जेटीयुसीसीले देशभर आन्दोलन गर्दै आइरहेको छ ।

