विप्लव संगठनका तीन कार्यकर्ता पक्राउ
१४ पुष २०७६, सोमबार १७:२३
जिल्ला प्रहरीले मोरङ जिल्लाबाट नेत्रविक्रम चन्दको नेतृत्वमा रहेका तीन कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरिनेचा नगरपालिका १० का नरेश चौलागाईं, विराटनगर महानगरपालिका ८ का छितिज पौडेल र पथरीको चिरंजीवी धिताल रहेका छन् । उनीहरुबाट पार्टीको पर्चा र गोली पनि जफत गरिएको छ । सुनसरी–मोरंग सिंचाई आयोजना नहरको नजिक एउटा केरा बारीमा उक्त पेस्तोल लुकाइएको थियो ।
Share on Social Media

