वाणिज्य बैंकले भारतीय मुद्रामा ऋण लिन पाउने नयाँ व्यवस्था
११ पुष २०७५, बुधबार १०:४३
११ पुस, काठमाडाैं । नेपाल राष्ट्र बैंकले भारतीय बैंक तथा वित्तीय संस्थाबाट भारतीय मुद्रामा ऋण लिन वाणिज्य बैंकहरुलाई बाटो खुला गरेको छ । राष्ट्र बैंकले नयाँ सूचना जारी गर्दै उर्जा, भौतिक पूर्वाधार, कृषि, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न भारतीय मुद्रामा ऋण लिन पाउने व्यवस्था गरेको हो ।भारतीय मुद्रामा ऋण लिँदा यस अघि अन्य विदेशी मुद्रामा ऋण लिएको भए सो समेत गरी प्राथमिक पुँजीको ५० प्रतिशत नाघ्न नहुने राष्ट्र बैंकले जनाएको छ ।
११ पुस, काठमाडाैं । नेपाल राष्ट्र बैंकले भारतीय बैंक तथा वित्तीय संस्थाबाट भारतीय मुद्रामा ऋण लिन वाणिज्य बैंकहरुलाई बाटो खुला गरेको छ । राष्ट्र बैंकले नयाँ सूचना जारी गर्दै उर्जा, भौतिक पूर्वाधार, कृषि, पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न भारतीय मुद्रामा ऋण लिन पाउने व्यवस्था गरेको हो । भारतीय मुद्रामा ऋण लिँदा यस अघि अन्य विदेशी मुद्रामा ऋण लिएको भए सो समेत गरी प्राथमिक पुँजीको ५० प्रतिशत नाघ्न नहुने राष्ट्र बैंकले जनाएको छ ।

