वडा अधिवेशनमा धाँधली र षडयन्त्र भएको पौडेलको आरोप
२८ भाद्र २०७८, सोमबार १६:१६
भाद्र २८,काठमाण्डौं
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको क्रियाशिल सदस्यता बितरणदेखि वडा अधिवेशनमा धाँधली र षडयन्त्र भइरहेको आरोप लगाउनुभएको छ ।
कांग्रेस सिन्धुपाल्चोकले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाले पार्टीको बिधान बिधि र पद्धतीलाई मिल्काएर पाँच बर्षसम्म महाधिवेशन गर्न नचाहने पार्टी नेतृत्वले धाँधली र षडयन्त्र गरेको आरोप लगाउनुभएको हो ।
उहाले नेताको सत्तालिप्साका कारण नै कांग्रेस कमजोर भएको आरोप उहाले लगाउनुभयो । सत्ता र शक्तिको दुरुपयोग गरेर डडेलधुरा लगाएत कतिपय वडा अधिवेशन भएको र त्यो आफूहरुलाई मान्य नहुने उहाले बताउनुभयो ।
उहाले सत्ता र शक्तिको दुरुपयोग गरेर पार्टी कव्जा गर्न खोज्नु कांग्रेसलाई नसुहाउने तर्क गर्नुभयो ।
उहाले पार्टीलाई लोकतन्त्रको बाटोबाट बिचलित हुन नदिने प्रतिवद्धता जनाउनुभयो । १४ महाधिवेशनले पार्टीलाई लोकतान्त्रीकरण गर्ने उहाको भनाई छ ।

