२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशमा मेघगर्जन, चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना

७ असार २०७८, सोमबार १५:२७

७ असार २०७८, सोमबार

आज पनि लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशमा मेघगर्जन, चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले यस्तो सम्भावना रहेको हो ।
हाल देशको दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर सामान्य देखि पूर्णतया बदली रही देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । महाशाखाअनुसार देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाका साथै प्रदेश १, प्रदेश २, लुम्विनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन चट्याङ् सहित भारी वर्षाको सम्भावना छ । साथै, प्रदेश १ का एक÷दुइ स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकोले उक्त प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महशाखाले जनाएको छ । भारी वर्षाको सम्भावना रहेकाले नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु विभागले अनुरोध गरेको छ । काठमाडौंमा विहान मौसम खुले पनि केही समयपछि मौसममा सामान्य बदली हुने छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV