२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

लामो दुरीका सार्वजनिक यातायातमा यात्रु उभ्याउन बन्देज

२७ कार्तिक २०७६, बुधबार ११:५३

सरकारले साना तथा लामा दुरीका सार्वजनिक यातायातमा यात्रु उभ्याउन बन्देज गर्ने तयारी थालेको छ । यो कुरा यातायात व्यवस्था ऐनमा पहिल्यै व्यवस्था भएको र त्यसलाई कार्यान्वयनमा मात्र ल्याउन लागेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए । माइक्रो, तिनपांग्रे र लामो दुरीको सवारी साधनमा यात्रुलाई उभ्याउनै पाइँदैन । अन्तराष्ट्रिय अभ्यास हेर्ने हो भनेपनि बृद्ध र अपांग बाहेक सिटी बसमा उभिएरै यात्रा गर्ने चलन छ । हामी कति सिट भएको बसमा कति जनासम्म उभिन मिल्छ भनेर अध्ययन गरेर सिटी बसमा पनि यात्रु संख्या निर्धारण गर्छौ,’ हमालले भने।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV