२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

लागू औषध अफिम कारोवारमा संलग्न तीन जना पक्राउ

२७ भाद्र २०७८, आईतवार १७:०४

भाद्र २७, काठमाण्डौं


काठमाडौंको मैतीदेवीस्थीत मातृका आँखा केन्द्रको भवनमा शंकास्पद वस्तु राख्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गर्दै शंकास्पद बस्तु राखेर फिरौती उठाएको अभियोगमा पक्राउ परेका तीनलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा धादिङ त्रिपुरासुन्दरीका आशिष गुरुङ, अभिषेक कुँवर र रोल्पाका अमरबहादुर रोक्का मगर रहेको प्रहरीले जनाएको छ । केन्द्रमा रहेको सीसी टीभी क्यामरामा दुई जना व्यक्तिले शंकास्पद वस्तु राखेको देखिएपछि प्रहरीले खोजी कार्य तिव्र पारेको थियो ।
अस्पतालका डाक्टरलाई तीन करोड रुपैयाँ नदिए अस्पताल ध्वस्त बनाउने धम्की दिएको अनुसन्धानमा देखिएको परिसरका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिनुभयो । उहाले घटनाका बिषयमा थप अनुसन्धान भइरहेको बताउनुभयो ।
भाद्र २४ गते मातृका आँखा केन्द्रमा फेला परेको शंकास्पद बस्तु नेपाली सेनाले निष्कृय पारेको थियो । यस्तै प्रहरीले लागू औषध अफिम कारोवारमा संलग्न तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ परेका व्यक्तिका साथ २ केजी दुई सय २४ ग्राम अफिम फेला परेको प्रहरीले जनाएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV