२०८३ बैशाख १८, शुक्रबार

   2026, May 1 Friday

लगानी जुटाउन नयाँ वित्तीय औजारको प्रयोगका रुपमा ब्लेन्डेड फाईनान्सिंग मोडेल उपयोगमा ल्याउने

२८ जेष्ठ २०७८, शुक्रबार १४:२४

जेठ २८ २०७८, शुत्रबार काठमाण्डौं


सरकारले ठूला पूर्वाधारमा लगानी जुटाउन नयाँ वित्तीय औजारको प्रयोगका रुपमा ब्लेन्डेड फाईनान्सिंग मोडेल उपयोगमा ल्याउने भएको छ ।
ठूला पूर्वाधारमा दीर्घकालीन लगानी आवश्यक भएपछि सरकारले व्यापारिक सम्मिश्रण (कमर्सियल ब्लेन्डिङ) लगायत वैकल्पिक वित्तीय उपकरणको प्रयोग गर्ने भएको हो । विशेष गरी ठूला लगानीका पूर्वाधारको विकास गर्न नेपालको मात्र पुँजीले नपुग्ने भएपछि नयाँ वित्तीय औजारको प्रयोगमा सरकार पुगेको हो । सरकारले यस्तो रकम पुँजी बजारमा परिचालन गरेर उठाउने भएको छ । सरकारको योजनालाई सहयोग पुग्ने गरी नेपाल धितोपत्र बोर्डले सेयर बजारमा सम्मिश्रित वित्त व्यवस्था तथा लगानीसम्बन्धी अध्ययन गरेर सोको आधारमा ‘सम्मिश्रित वित्त व्यवस्था तथा लगानीसम्बन्धी नियमावली, २०७७’ को मस्यौदा तयार पारेको छ ।
अहिले ब्लेन्डेड फाइनान्सिङ मोडेल कार्यान्वयनका लागि धितोपत्र बोर्डले तयारी गरिरहेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा अवधारणालाई समेटेको छ । मिश्रित लगानीको अवधारणा भएकाले यसमा वैदेशिक, स्वदेशी पुँजी उद्योगी, सरकार, व्यक्तिगत फाउन्डेसन, च्यारेटीबाट भएका स्रोतलाई मिक्स गरेर उपयोगमा ल्याईन्छ ।
निजी क्षेत्रले कार्यान्वयन गर्न खोज्यो भने दातृ निकायले वित्तीय सहयोग पुर्याउने व्यवस्थामा सरकारले पुलको काम गर्नुनै ब्लेन्डेड फाइनान्सिङ हो । निजी क्षेत्रले लगानी जुटाउन बैंकबाट ऋण, सेयर निष्कासन वा बन्ड निष्कासन गर्न सक्छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV