रासायनिक मलखादको अभाव नहुनेगरि व्यवस्थापनमा जुट्न कृषि मन्त्री पद्माकुमारी अर्याल निर्देशन
२१ जेष्ठ २०७८, शुक्रबार १७:३४
काठमाडौँ, २१ जेठ शुत्रबार
कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानलाई रासायनिक मलखादको अभाव नहुनेगरि व्यवस्थापनमा जुट्न निर्देशन दिनुभएको छ ।
शुक्रबार कृषि सामग्री कम्पनी लिमिडेटको अनुगमन र छलफल कार्यक्रममा मन्त्री अर्यालले किसानहरुले मल नपाएको गुसानो आएको भन्दै रासायनिक मलखादको अभाव नहुनेगरि व्यवस्थापनमा जुट्न निर्देशन दिनुभएको हो । कृषकहरुको पहिचान सहित मल बितरणको व्यवस्था मिलाउन उहाले कम्पनीलाई निर्देशन दिनुभयो । सहकारी संस्थाहरुले दोश्रो पटक मल लिन आउदा अघिल्लो पटक लगेको मलको वितरण सूची र परिमाण माग गर्न पनि मन्त्री अर्यालले निर्देशन दिनुभयो ।
मन्त्री अर्यालले अहिलेका दिनमा पनि खेति लगाउनका लागि प्रयाप्त मल रहेको भन्दै बितरणमा समस्या देखिएको र तुरुन्त समाधान गर्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाले बितरणका लागि ल्याएको मल आवश्यकता भन्दा बढि मौज्दात नराख्न पनि अनुरोध गर्नुभयो । बार्षिक क्यालेन्डरसहित मल व्यवस्थापनमा मन्त्रालय लागेको उहाको भनाइ छ ।
कार्यक्रममा कृषि सामग्री कम्पनी लिमिडेटले हाल २० हजार ८६.९५० मेट्रिक टन यूरिया, ३९ हजार २ सय ८६.६८८ मेट्रिक टन डिएपी, ४ हजार १ सय ४६.६५० मेट्रिक टन पोटास र ४ सय ४४.५७५ मेट्रिक टन कृषि चून मौज्दात रहेको जानकारी गराएको थियो । त्यस्तै साल्ट टेडिङ कर्पोरेशनसंग हाल रासायनिक मल यूरिया १५ हजार २०४ मेट्रिक टन, डिएपी १४ हजार ४ सय ४४ मेट्रिक टन र पोटास तीन हजार ८ सय ९६ मेट्रिक टन मौज्दात रहेको जानकारी गराएको थियो ।


