राष्ट्रिय स्वाधिनताको रक्षाका लागि आफुहरु एमसीसीको बिरोधमा रहेको सिपि गजुरेलको भनाई
१९ श्रावण २०७८, मंगलवार १८:०८
१९ साउन २०७८, काठमाण्डौं
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक सिपि गजुरेलले राष्ट्रहित बिपरित वर्तमान सरकारले अमेरिकन सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अघि बढाउन खोजेको आरोप लगाउनुभएको छ ।
एमसीसी खारेजीको माग गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको बागमती प्रदेश समितिको आयोजनाले मंगलबार काठमाडौंको माइतिघरमा आयोजना गरेको विरोध कार्यक्रममा गजुरेलले संसदमा सरकारले एमसीसी परियोजना अघि बढाउन खोजेको आरोप लगाउनुभएको हो ।
उहाले प्रधानमन्त्रीले संसदबाट एमसीसी पारित गराउन माओवादीसंग सहयोग मागेको जानकारी आएको पनि बताउनुभयो । राष्ट्रिय स्वाधिनताको रक्षाका लागि आफुहरु एमसीसीको बिरोधमा रहेको उहाको भनाई छ ।
उहाले कोरोनाको महामारीकाबीच पनि सरकारले राष्ट्रहित बितपरित काम गर्न लागेकाले बाध्य भएर बिरोधमा उत्रनु परेको धारणा राख्नुभयो ।
मोर्चाले एमसीसी सम्झौताको विरोध तथा दार्चुला तुइन घटनाको विरुद्ध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले ‘एमसीसी सम्झौता खारेज गर, राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ’ सहितका नारा लगाएका थिए ।

