राष्ट्रपति विद्यादेवी भण्डारी हेलिकोप्टर मार्फत विमानस्थलमा उत्रिए
२९ आश्विन २०७६, बुधबार १४:११
राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवास बाट म्यानमारको पाँच दिने राजकीय भ्रमणमा जाने क्रममा राष्ट्रपति भण्डारी हेलिकप्टर मार्फत विमानस्थल पुगेकी हुन् ।राष्ट्रपति भण्डारीले यसअघि विमानस्थल जाँदा सडक मार्ग प्रयोग गर्ने गरेकोमा यसपटक हेलिकप्टर मार्फत विमानस्थल गएकी हुन् । उनले विमानस्थल जान हेलिकप्टर प्रयोग गर्नुका कारणबारे शीतल निवासले भने केही उल्लेख गरेको छैन ।
म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा राष्ट्रपति भण्डारी बिहान ११ बजे हेलिकोप्टर मार्फत विमानस्थलमा उत्रिएर म्यानमार तर्फ प्रस्थान गरेकी छन् ।
म्यानमार जानुअघि उनलाई विमानस्थलमा उपराष्ट्रपति, प्रधानमन्त्री, सरकारका मन्त्रीलगायतले बिदाइ गरेका छन् ।

