राष्ट्रपतिबिरुद्ध आक्रमण गणतान्त्रिक प्रणालीलाई कमजोर बनाउने षडयन्त्र
२८ जेष्ठ २०७७, बुधबार २१:१६
काठमाडौं, २८ जेठ–प्रधानमन्त्री केपी शर्मा ओलीले स–साना निहुँमा लगातार राष्ट्रपतिका बिरुद्ध आक्रमण गरिनु गणतान्त्रिक प्रणालीलाई कमजोर बनाउने षडयन्त्र भएको बताउनुभएको छ । राष्ट्रपति कार्यलयसँग सम्बन्धित केही खरीदका विषयलाई लिएर राष्ट्रपतिको आलोचना गरिएकोमा प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
‘कार्पेट किनेका, कुर्सी किनेको राष्ट्रपतिलाई थाहा हुन्छ ? कहाँनेर कार्पेट हालियो भन्ने प्रधानमन्त्रीको विषय हो ? राष्ट्रपतिले कार्पेट किन्दैन, अनि राष्ट्रपतिले कोरोनाबिरुद्ध नलड यहाँ चिटिक्क पार भन्नुभएको हो र ?’ प्रधानमन्त्रीले भन्नुभयो सवैले आ–आफनो काम गर्ने हो । कोरोनाबिरुद्ध क कस्ले के गर्ने हो त्यो उनीहरुले गरिरहेकै होलान । अफिस कार्यालयमा कहाँ बिरुवा रोप्ने, कहाँ दुवो लगाउने त्यो कामगर्ने कर्मचारीले गरेका होलान तर हरेक कार्यमा राष्ट्रपतिलाई विवादमा तान्नु राम्रो होइन ।
राष्ट्रपति संस्थालाई निश्पक्ष मर्यादित विवादरहित र सम्मानित संस्थाको रूपमा व्यवहार गरिनुपर्ने प्रधानमन्त्रीले बताउनुभयो ।

