राप्रपा को विरोध प्रदर्शन
६ बैशाख २०७६, शुक्रबार १३:०६
६ बैशाख, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले धर्मनिरपेक्षताविरुद्ध प्रदर्शनमा उपस्थित हुन आफ्ना सम्पूर्ण नेता तथा कार्यकर्तालाई जानकारी दिउको छ ।
राप्रपाका अध्यक्ष कमल थापाले ट्वीटर मार्फत घर बसेर, माला जपेर हिन्दुराष्ट्र आउंदैन’, ‘सडकमा उत्रिए हिन्दुराष्ट्र बनाउन धेरै दिन लाग्दैन ।’ भन्दै सडकमा ओर्लन सबैलाई आग्रह पनि गरेका छन् ।
अध्यक्ष थापाल् शुक्रबार दिउँसो २ बजे रत्नपार्कमा धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै प्रदर्शन गर्ने कार्यक्रमको जानकारी दिँदै सबै कार्यकर्तालाइ विरोधमा सहभागी हुन अपिल गरेका छन ।
धर्मनिरपेक्षता र गणतन्त्रबारे राप्रपाको सुरुदेखि नै फरक मत भएपनि पछिल्ला परिवर्तनका एजेन्डा संस्थागत गर्न बनेका सरकारमा भने सहभागी भएको थियो ।

