राजधानीमा निषेधाज्ञा केही खुकुलो भएसंगै चहलपहल
९ असार २०७८, बुधबार २०:०७
९ असार काठमाण्डौैं
राजधानीमा निषेधाज्ञा केही खुकुलो भएसंगै चहलपहल बढ्न थालेको छ ।
जारी निषेज्ञालाई केही खुकुलो बनाउने निर्णय गरेसंगै बुधबार राजधानीमा चहलपहल बढ्को देखिएको हो । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबारको बैठकले निषेधाज्ञा खुकुलो बनाउँने निर्णय गरेको थियो । बार अनुसार डिपार्टमेन्ट स्टोर्स, सपिङ मल लगायत सञ्चालन गर्न पाइने भएपछि व्यवसायीहरुलाई केही राहत मिलेको छ । निजी सवारी तथा ट्याक्सीमा जोर बिजोर प्रणाली लागु गरिएको छ । जोर गतेका दिन जोर नम्बर र बिजोर गतेका दिन बिजोर नम्बर प्लेटका सवारी साधन चलाउनुपर्ने नियम लागु गरिएको छ । उक्त नियमको पालना नगर्ने सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारबाही गर्ने गरेको छ । पछिल्लो समय निषेधाज्ञा केही खुकुलो पार्दै असार १४ गतेसम्म थप गरीएको छ ।

