युवा समिति गोरखाका पहलमा धार्चे र चुमनुर्बि गाउपालिका लाई स्वास्थ्य सामाग्रिहरू हस्तान्तरण
५ असार २०७८, शनिबार ०९:१०
५ असार २०७८, शनिबार
युवा समिति गोरखाका पहलमा धार्चे गाउपालिका र चुमनुर्बि गाउपालिका गोरखा लाई जन स्वास्थ्य बिभाग टेकुको सहकार्यमा कोभिड बिरुद्धका स्वास्थ्य सामाग्रिहरू हस्तान्तरण गरिएको छ । स्वास्थ्य सामगि हरुमा अक्सीजन सिलिन्डर अक्सीमिटर एनटिजेन किट पिस पिपिई सेट थरमोमिटर लगायत स्वास्थ्य सामग्रिहरु धार्चे गाउपालिका र चुमनुर्बि गाउपालिकापालिका मा बाटो अबरूद्वको कारण पुर्याउन कठिनाइको कारण् ाआरुघाट गाँउपालिकाको समन्वयमा आरूघाट पालिका स्वास्थ्य संयोजक बिजय श्रेष्ठलाई हस्तान्तरण गरिएको युवा समिति का अध्यक्ष राजन गुरुङ ले जानकारी दिनुभयो । कोरोना संक्रमणबाट नागरिकहरुको स्वास्थ्य सुरक्षामा टेवा पुर्याउने र कोरोना संकटलाई तत्काल समाधान गर्न यूबा नेता एवम युवा समिति का अध्यक्ष गुरुङ सहितको टोली सो क्षेत्रमा पुगेर स्वास्थ्य सामग्री बितरण गरिएको उहँको भनाई छ ।

