२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

युरोकप फुटबलको सेमिफाइनलमा इटाली प्रवेश

१९ असार २०७८, शनिबार १५:२९

१९ असार २०७८, काठमाण्डौं

इटाली युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै इटालीले अन्तिम चारको यात्रा तय गरेको हो ।
जर्मनीको एलिनाज स्टेडियममा इटालीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक एक गोल गरे । बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए । जितसँगै इटालीले ३२ खेलमा अपराजित रहने टिमको कीर्तिमानी समेत बनाएको छ । अब इटालीले सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । यसैगरि, गएराति नै भएको पहिलो खेलमा स्विट्जरल्यान्डलाई पेनाल्टी शुटआउटमा हराउँदै स्पेन पनि सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको आठौं मिनेटमा नै स्विट्जरल्यान्डले आत्मघाती गोल गर्दा स्पेन पहिलो हाफमा एक–शून्यले अगाडि रहेको थियो । त्यसपछि खेलको ६८ औं मिनेटमा स्विट्जरल्यान्डले गोल गर्दै बराबरीमा राख्यो । स्विट्जरल्यान्डका रहेको फ्रियु.लर रातो कार्ड पाउँदै मैदानबाहिर गएपछि टिम केही दबाबमा देखिएको थियो । खेलको एक सय २० मिनेटसम्म पनि कुनै टिमले थप गोल गर्न नसकेपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV