२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

युरोकप अन्र्तगतको खेलमा स्पेनलाई हराउदै इटाली फाइनलमा प्रवेश

२३ असार २०७८, बुधबार ११:४५

२३ असार २०७८, काठमाण्डौं

इटाली १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
इंग्ल्यान्डमा गए राति भएको पहिलो सेमिफाइनल खेलमा तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै इटाली फाइनलमा प्रवेश गरेको हो ।
स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि नजिक पुगेको हो । अब इटालीले उपाधिका लागि इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ । वेम्बलीमा खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा इटालीले बाजी मार्यो । पेनाल्टीमा खेल जानु अघि दुबै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए । दोस्रो हाफमा भने इटालीले सुरुवाती अग्रता बनाएको थियो । तर, खेलको ८० औं मिनेटमा परिवर्तित खेलाडी अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १–१ गोलको बराबरीमा फर्काए । यस जितसँगै इटाली ३३ खेलमा अपराजित रहन सफल भएको छ । इटालीले यस अघि ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको थियो । इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो । इटालीले क्वाटरफाइनलमा फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई २–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । स्पेनले क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गरेको थियो ।
यसैगरि सेमिफाइनल अन्र्तगतको दोस्रो खेलमा आज राति इंग्ल्यान्ड र डेनमार्क प्रतिस्पर्धा गर्ने छन् । वेम्बली स्टेडियममा हुने इंग्ल्यान्ड र डेनमार्कबीचको खेल राति १२ बजेर ४५ मिनेटबाट सुरु हुनेछ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV