युथ फोर्सको टिमले आफ्नो जिम्मेवारी निर्वाह गरेमा गोरखामा नेकपा एमाले पहिलो शक्ति बन्छ:नेता बस्नेत
१४ भाद्र २०७८, सोमबार १३:१८
नेपाल कम्युनिष्ट (पार्टी एमाले) को भातृ संगठन युवा संघ नेपालले, युवा संघ नेपाल र युथ फोर्स अन्तरजिल्ला गोरखाको कमिटि गठन गरेको छ ।
शनिबार एक भव्य कार्यक्रम गरी प्रेम पनेरुको नेतृत्वमा १५ सदस्यीय युवा संघ नेपाल अन्तरजिल्ला कमिटि र रामकृष्ण ढकालको नेतृत्वमा १५ सदस्यीय युथ फोर्स अन्तरजिल्ला कमिटी गठन गरीएको िथयोे ।
पनेरुको अध्यक्षतामा गठन गरिएको कमिटिको उपाध्यक्षमा धार्चे गाउपालिका को किसन गुरुङ, आरुघाट गाउँपलिका को रामहरि लामिछाने , भिमसेन गाउँपलिका को ठाकुर गोतामे , र सचिवमा वारपाक सुलिकोट गाउँपलिका को विनोद पनेरु चयन भएका छन् । त्यस्तै ढकालको अध्यक्षतामा गठन गरिएको कमिटिको उपाध्यक्षतामा आरुघाट गाउँपलिका को रामचन्द« लामिछाने, गण्डकी गाउँपलिका को ध्रुब ्रखड्का, आरुघाट गाउँपलिका को सुरेश सोडारी र सचिवमा गण्डकी गाउँपलिका को विक्रम कार्की चयन भएका छन् ।
राष्ट्रिय युवा संघ नेपाल अन्तरजिल्लाका संयोजक प्रेम पनेरुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्दि«य सदस्य एवम् गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री रामशरण बस्नेत , पार्टीका गोरखा जिल्ला सचिव कृष्ण बहादुर नेपाली , राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष तथा युथ फोर्स प्रमुख क्षितिज थेवे र उपप्रमुख पुष्प श्रेष्ठ, राष्ट्रिय युवा संघ नेपालका सचिव एवम् अन्तरजिल्ला अध्यक्ष राजन थापा , संघकै केन्द्रिय सचिव महाराजा गुरुङ, स्थायी कमिटि सदस्य खिल बहादुर रानामगर , अनेरास्ववियुका केन्द्रिय सचिव आर.सी लामिछाने , केन्द्रिय बाल संगठनका गोर्खा अध्यक्ष मोहन भट्टराई , अनेरास्वसवयुका प्रभावशाली विद्यार्थी नेता एवम् केन्द्रिय सदस्य प्रविण अधिकारी लगाायतको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि बस्नेतले कार्यक्रममा मन्तव्य राख्दैे जहाँ समस्या छ समाधान खोज्नका निम्ति युवा संघको जन्म भएको उहाँले बताउनभयो बस्नेतले युथ फोर्सको टिमले तदारुकताका साथ आफ्नो जिम्मेवारी निर्वाह गरेमा गोरखामा नेकपा एमाले पहिलो शक्ति बन्ने उहाँले बताउनु भयो ।

