मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु
११ मंसिर २०७६, बुधबार १२:३४
म्याग्दीको बेनी नगरपालिका ६ जलेश्वरमा मोटरसाइकल दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको छ । रघुगंगा गाउँपालिका ६ पाखापानीका २३ वर्षीय सन्तोष थजालीको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार राती मृत्यु भएको प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले बताए । अर्का घाइते पाखापानीका २५ वषीय अम्मर पाइजाको पोखरा र २० वर्षीय मोनि पुर्जाको बेनी अस्पतालमा उपचार भइरहेको छ । मंगलबार बेनीबाट गलेश्वर जाँदै गरेको ध १ प ३५४९ नम्बरको भिआर मोटरसाइकल गलेश्वरबाट बेनी आउँदै गरेको ध १ च २३५ नम्बरको बोलेरो जीपमा ठोक्किएर दुर्घटना भएको हो । जीपका चालक इलामका अतिथ थेबेलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
Share on Social Media

