२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

मेलम्चीमा बाढीले १५ जनाभन्दा बढी बेपत्ता, हेलम्बु गाउँपालिका नै जोखिममा

२ असार २०७८, बुधबार ०८:१०

२ असार २०७८ बुधबार

अविरल वर्षाले सिन्धुपाल्चाकको मेलम्ची नदीमा आएको बाढीका कारण १५ जनाभन्दा बढी बेपत्ता भएका छन् ।
मेलम्ची नदीको मुहानस्थल नाकुतेबाट आएको बाढीले हेलम्बु गाउँपालिकाका कम्तीमा १५ जना बेपत्ता भएका हुन् । हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बाढीले ४० जना बेपत्ता भएको जानकारी दिनुभयो । उहाँका अनुसार मेलम्ची नदीले हेलम्बु गाउँपालिकाका तिम्बु, किउल, चनौटे, ग्याल्थुम र मेलम्ची नगरपालिकाको तटवर्ती क्षेत्रमा ट्राउट फर्म रिसोर्टसहित केही घर बगाएको छ । बाढीले वितण्डा मच्चाएपछि स्थानीय बासिन्द त्रसित रहेका छन् । उहाँका अनुसार वेपत्ता भएका मानिसहरुको एकिन संख्या थाहा हुन अझै बाँकी छ । हेलम्बुमा खोला फेरि थुनिए पछि गाउँपालिका नै जोखिममा परेको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले पनि बाढीमा परेर हेलुम्ब गाउँपालिकाका पाँचदेखि सात जना व्यक्ति सम्पर्कमा नरहेको सूचना आएकोे जानकारी दिनुभएको छ । उनका अनुसार हेलम्बुमा बाढीले वितन्डा मच्चाएपछि केही मानिस घरबाट सुरक्षित स्थलतर्फ भागेका छन् ।अहिले भने पानीको सतह घट्दो क्रममा रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV