२०८३ बैशाख ४, शुक्रबार

   2026, Apr 17 Friday

मुलुकको आर्थिक क्रान्तिलाई अघि बढाउन गम्भिरतापूर्वक कार्यसम्पादन गर्ने ऊर्जा मन्त्री शरतसिंह भण्डारी को भनाई

२३ जेष्ठ २०७८, आईतवार १५:५३

२३ जेष्ठ २०७८, आइतबार


नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शरतसिंह भण्डारीले मुलुकको आर्थिक क्रान्तिलाई अघि बढाउन गम्भिरतापूर्वक कार्यसम्पादन गर्ने बताउनुभएको छ ।
आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री भण्डारीले मुलुकको आर्थिक क्रान्तिको मेरुदण्ड नै उर्जा र जलश्रोत क्षेत्र भएको भन्दै आफुले आर्थिक क्रान्तिलाई अघि बढाउन गम्भिरतापूर्वक कार्यसम्पादन गर्ने बताउनुभएको हो ।
उहाले मन्त्रालयको कामलाई चुस्त र प्रभावकारी बनाउने र यसका लागि अन्य मन्त्रालयसंग समन्वय र सहकार्य गर्ने बताउनुभयो । मन्त्री भण्डारीले मुलुकको बिकासको अभियानमा प्रधानमन्त्री केपी ओलीलाई सहयोग गर्न आफुहरु सरकारमा आएको जिकिर गर्नुभयो । उहाले आफुहरुको माग मुद्धाहरु प्रधानमन्त्री ओलीले सम्बोधन गरेका कारण नै सहकार्य गरेको धारणा राख्नुभयो ।
त्यस्तै कार्यभारपछि मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले गम्भीरतापूर्वक कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । उहाले ऐन नियम र कानूनको परिधिभित्र रहेर कार्यसम्पादनलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो । मन्त्रालयले अघि सार्ने योजनाहरुमाथि छलफल गरेर कार्यन्वयन गर्न दृढतापूर्वक लाग्न पनि उहाले निर्देशन दिनुभयो ।
आइतबार नै नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री चन्द्रकान्त चौधरीले पनि सिंहदरबारमा पदभार ग्रहण गर्नुभएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV