माधवकुमार नेपालले नयाँ पार्टी खोल्नु दुःखद् : शंकर पोखरेल
३ भाद्र २०७८, बिहीबार १४:०२
३ भाद्र २०७८, काठमाण्डौं
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य शंकर पोखरेलले माधवकुमार नेपालले नयाँ पार्टी खोल्नु दुःखद् भएको बताउनुभएको छ ।
हिजो नेपालले नेकपा एमाले समाजवादी गठनका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएकोप्रति टिप्पणी गर्दै पोखरेलले यस्तो बताउनुभएको हो । उहाँले कार्यदलले तयार पारेको १० बुँदे सहमतिको बाटोबाट अघि बढ्न आफूहरू प्रतिवद्ध रहेकै बेला यस्तो कदम चाल्नु दुखद् भएको बताउनुभयो । पार्टीलाई कमजोर पार्ने षडयन्त्रका विरुद्ध विचलित नभइ अघि बढ्नु सिंगो पार्टी पंक्तिको कर्तव्य भएपनि त्यसमा नेपाल चुकेको उहाँको भनाई छ । सबै प्रकारका षडयन्त्रलाई सामना गरेर पार्टीलाई मुलुककै नेतृत्वकारी शक्तिका रुपमा स्थापित बनाउन समेत उहाँले सामाजिक सञ्जाल फेसबुकमा मार्फत आग्रह गर्नुभएको छ ।

