२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

मातातिर्थ सामुदायिक अस्पताल को अक्सिजन प्लान्ट जडानमा तिब्रता

१६ जेष्ठ २०७८, आईतवार १७:१८

आइतबार, जेष्ठ १६ २०७८

नगरस्तरीय आइसोलेशन संचालन गर्दै आइरहेको मातातिर्थ सामुदायिक अस्पताल को अक्सिजन प्लान्ट जडानले तिब्रता पाएको छ ।
झण्डै ७४ लाखको लागतमा जडान गर्न लागिएका प्लान मुलुककै सामुदायिक अस्पतालमा पहिलो हो ।
जडान गर्न कम्पनी सँग सम्झौता भइसकेको र अबको एक महिना भित्रमा नै अस्पतालले उत्पादन सुरु गर्ने चन्द्रागिरि नगरपालिका वडा नं ८ का अध्यक्ष तथा नगर स्वास्थ्य संयोजक सन्तोस खड्काले बताएका छन्। यो अक्सिजन प्लान्टबाट दैनिक ४० भन्दा बढि ठूलो सिलिन्डर भर्न सकिने छ यतिबेला प्लानको फाउन्डेसनको काम भटाभट भइरहेको नगर भैतिकपुर्बधार समिति संयोजक तथा वडा नं १५ का अध्यक्ष उत्तम राउतले जानकारि दिए ।
वडाको आन्तरिक स्रोत र दाताहरुको आर्थिक सहयोगमा यो अक्सिजन प्लान्ट जडान गर्न लागिएको हो।हालसम्म दाताहरुबाट नगद रु १५ लाख ७७ हजार ४ सय ४३ संकलन भइसकेको छ भने सहयोग आउने क्रम अझै जारि रहेको र नगरबाट पनि सहयोग प्राप्त हुने संयोजक खड्काले बताए।
हाल नगर भित्र दैनिक ४० देखि ५० सिलिन्डर अक्सिजनको माग रहेको र प्लान्ट स्थापना सगै नगरपालिका अक्सिजनमा आत्मनिर्भर हुने अध्यक्ष खड्काको दाबि रहेको छ। जेष्ठ एक गते बाट संचालित यस आइशोलेसन केन्द्रमा तिस शैयाबाट सेवा सुरु गरिएको थियो। आवश्यकता अनुसार बढाउन सकिने छ । प्रदेश र स्थानिय सरकारको सहयोगमा अन्य पुर्बधार निर्माण भएतापनि अस्पताल संचालनमा थिएन ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV