माओबादी केन्द्रको भिमसेन थापा गा पा स्तरिय कार्यकर्ता भेला कार्यक्रम सम्पन्न
१९ भाद्र २०७८, शनिबार २१:५३
भाद्र १९, २०७८, काठमाडौं
नेकपा माओबादी केन्द्र, भिमसेन थापा गाउँपालिका, गोरखा काठमाडौं सम्पर्क मंचले आज काठमाडौंको नयाँबजार स्थिति सगुन क्याफेमा कार्यकर्ता भेला तथा नयाँ समिती चयन गरेको छ। समितिका पुर्ब अध्यक्ष रामहरि श्रेष्ठको आतिथ्यतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेसका पार्टिका अध्यक्ष तथा गोर्खा जिल्ला क्षेत्र न १ का प्रतिनिधि सभाका सांसद माननीय हरिराज अधिकारिले प्रमुख आथित्यता ग्रहण गर्नुभएको थियो। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सांसद हरिराज अधिकारिले पार्टीको कार्यदिशा तथा हालसम्म ब्यतित भएको राजनैतिक गतिविधि माथी प्रकाश पार्नुभएको थियो। निर्बाचन आयोगले गरदै आएको कार्य प्रती चनाखो हुँदै पार्टिले आफ्नो चुनाबी रणनीति बनाउनु पर्ने कुरा ब्यक्त गर्नुभयो। पार्टिमा सङ्गठित हुन नसकेका प्रतिबद्ध सदस्य तथा शुभचिन्तकहरुलाई तदारुकतासाथ जोड्नुपर्ने कुरा औंल्याउनु भयो। संघीय सांसद तथा संबंधित क्षेत्रको प्रतिनिधिको हैसियतले रास्टृय गौरवको बुढिगण्डकी आयोजनाको कुरा शसक्त रुपले उठाउने कुरा कार्यक्रममा प्रस्ट्याउनु भयो।
उक्त सभाले शुकुमार श्रेष्ठको सम्योजक्त्वका ३० सदस्यीय समिति चयन गरेको छ। सांसद अधिकारिले नबनियुक्त सदस्यीयहरुलाई पद तथा गोपनियताको सपथ गराउनु भएको थियो। उक्त कार्कक्रममा पुर्ब राज्यमन्त्री छम बहादुर गुरुङ लगाएतले सन्बोधन गर्नुभएको थियो।



