२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

महानगरीय ट्राफिक प्रहरीद्धारा चोरी भएका २३ वटा मोटरसाइकल फेला पारी धनीलाई जिम्मा

१९ श्रावण २०७८, मंगलवार १८:२४


१९ साउन २०७८, काठमाण्डौं


महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट चोरी भएका २३ वटा मोटरसाइकल फेला पारी धनीलाई जिम्मा लगाएको छ ।
मंगलबार विभिन्न मितिमा हराएका २३ मोटरसाइकल महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धित धनीलाई बुझाउनुभएको हो । चोरीमा संलग्न मानिसलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी वृत्तहरुमा पठाएको र मोटरसाइकलहरु सम्बन्धित धनीलाई सम्पर्क गरी बुझाउने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । हस्तान्तरण गरिएका २३ मध्ये १२ वटा पल्सर मोटरसाईकल र ११ वटा अन्य कम्पनीका रहेका छन । कार्यक्रममा एसएसपी भट्टराईले बिशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहिका लागी विभिन्न प्रहरी बृत्तहरुमा पठाएको बताउनुभयो । उहाँले सवारी साधन चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्ने अभियान निरन्तर जारी रहेको बताउनुभयो ।
गत आर्थिक वर्षमा मात्रै हराएका ४१८ वटा मोटरसाइकल खोजतलास गरि सम्बन्धित धनीलाई जिम्मा दिइयो भने चोरीमा संलग्न ५१ जनालाई समेत बिभिन्न स्थानहरुबाट पक्राउ गरि कारबाहीको लागी प्रहरी बृत्तहरुमा पठाएको समेत महशाखाले जनाएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV