२०८३ बैशाख १०, बिहिबार

   2026, Apr 23 Thursday

महाकाली घटनामा एसएसबीको भूमिकाबारे गृहमन्त्री खाँण मौन

१८ श्रावण २०७८, सोमबार १८:५८


साउन १८ २०७८ काडमाण्डौं


गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा नेपाली युवा चढेको तुइन काटेको घटना सम्बन्धमा छानबिन गर्न गठित समितिको प्रतिवेदनका आधारमा सरकारले धारणा बनाउने बताउनुभएको छ ।
राष्ट्रिय सभाको सोमबारको बैठकमा दार्चुला घटना लगाएत अन्य घटनाबारे जानकारी गराउँदै मन्त्री खाँणले दार्चुला घटनामा सरकार गम्भीर भएकै कारण छानविन समिति बनाइएको बताउनुभयो
उहाले समितिको अध्ययन प्रतिवेदनका आधारमा सरकारले आवश्यक अडान लिने पनि धारणा राख्नुभयो । समिति गठन भइसकेको अवस्थामा यस बिषयमा सरकारले अहिले नै धारणा तय गर्नु उचित नभएको उहाको भनाई छ । उहाले घटनाको प्रत्यक्षदर्शीसंग पनि कुराकानी भइरहेको धारणा राख्नुभयो । गृहमन्त्री खाँणले महाकाली नदिमा झोलुङ्गे पुल बन्ने काम सुरु भइसकेको जानकारी दिनुभयो ।
त्यस्तै उहाले मनसुन यता प्राकृतिक प्रकोपबाट बिभिन्न ५५ जिल्लामा ६७ जनाको मृत्यु र ४० जना बेपत्ता भएको जानकारी गराउनुभयो । बाढीका कारण क्षतीको मुल्याङ्कन गरि पुननिर्माणको काम सुरु गर्न निर्देशन दिइसकेको उहाले बताउनुभयो । उहाले प्राकृतिक बिपतसंग सामना गर्दै जनताको जिवनरक्षा गर्न सरकार प्रतिवद्ध रहेको धारणा राख्नुभयो ।
बैठकमा सांसदहरुले तुइन काटिएको घटना सम्बन्धमा भारत सरकारसँग छलफल गर्न सरकारले ढिलाई गरेको आरोप लगाएका थिए । एमालेका भैरव सुन्दर श्रेष्ठले एसएसबीले तुइनको लठ्ठा काटेको भनेर प्रत्यक्षदर्शीले बताउँदा भारतसँग कुरा गर्न किन तयार नभएको भनी प्रश्न गर्नुभयो । त्यस्तै सांसद कोमल ओलीले तुइन काटेर जयसिंह धामी नदीमा खसेको मानवीयताविरोधी र लज्जास्पद घटनामा सरकार समिति बनाएर मात्र बस्न नमिल्ने तर्क गनुभयो
त्यस्तै बैठकमा गृहमन्त्री खाँणले जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा मृत्यु भएका रबिदासको बिषयमा पनि आवश्यक अनुसन्धान भइरहको जानकारी गराउनुभयो । उहाले रबिदासले आफूले लगाउने गञ्जी च्यातेर पासो बनाई भेन्टिलेसनमा झुण्डिएको अवस्थामा फेला परेको जानकारी आफुसमक्ष आएको पनि बताउनुभयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV