महन्थ ठाकुरद्धारा जसपाको कुनै पनि बैठक नबसेको निर्वाचन आयोगलाई जानकारी
३ असार २०७८, बिहीबार १२:१७
३ असार २०७८ बिहिबार
जनता समाजवादी पाटी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले जसपाकोे कुनै पनि बैठक नबसेको निर्वाचन आयोगलाई जानकारी गराउनुभएको छ ।
हिजो आयोगमा एक पत्र दर्ता गर्दै उहाँले यस्तो जानकारी गराउनुभएको हो । जसपा अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षबीच कारबाहीको रस्साकस्सी चलेका बेला हिजो ठाकुर पक्षले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले बोलाएका कार्यकारिणी समितिको बैठक अवैधानिक र अनाधिकृत रहेको र जसपाको कार्यकारिणी समितिको बैठक आधिकारी रुपमा नबसेको बताएको हो । निर्वाचन आयोगले पछिल्लो समय जसपा सम्बन्धि गरेको निर्णय पछि पार्टीको आन्तरिक कलह थप उच्च भएको छ । यसैको एक श्रङखलाका रुपमा हिजो आयोगमा दर्ता पत्रलाई बुझ्न सकिन्छ । जसपामा गुटगत रुपमा गरिएका निर्णयहरुले जसपा औपचारीक रुपले फुटेको घोषण हुन मात्र बाँकी रहेको छ ।

