मलद्वारमा सुन र हिरा लुकाएर ल्याउने विमास्थलबाट पक्राउ
२० पुष २०७६, आईतवार १६:२८
मलद्वारमा सुन र हिरा लुकाएर ल्याउने तीनजना त्रिभुवन अन्तराष्ट्रिय विमास्थलबाट पक्राउ परेका छन् ।
विमास्थल प्रमुख भन्सार अधिकृत राजकुमार अधिकारीका अनुसार पाँच सय ग्राम सुन र एक सय २० ग्राम हिरासहित तीनजना पक्राउ परेका हुन् ।
प्रहरीले एयर अरेबिया र नेपाल एयरलाइन्सको जहाजमा आएका भारतीय नागरिकको साथबाट सुन र हिरा बरामद गरेको हो । प्रहरीका अनुसार उनीहरुले मलद्वारमा सुन र हिरा लुकाएर ल्याएका हुन् । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Share on Social Media

