२०८३ जेष्ठ १६, शनिबार

   2026, May 30 Saturday

मन्त्री रामशरण बस्नेत सहितको स्वास्थ्य टोली बारपाकमा

१४ जेष्ठ २०७८, शुक्रबार १७:१६

१४ जेठ २०७८, शुत्रबार

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत सहितको स्वास्थ्य टोली बारपाक पुगेको छ ।
गाउँभर कोरोनासँग मिल्दोजुल्दो रोग फैलिएर दर्जन बढीको ज्यान जाँदा पनि परीक्षण गर्न आलटाल गरिरहेका बारपाक बासीलाई सचेत गराउन गण्डकी प्रदेशका मन्त्री को टोली बारपाक पुगेको हो । बारपाक पुगे लगत्तै उनीहरुले घरदैलो सुरु गरेका छन । कोरोना परीक्षण गर्नुपर्छ, कोरोना लागेको रहेछ भने पनि डराउनु पर्दैन भन्दै सम्झाउँदै स्थानयबासी लाई सचेत गरिएको उहाँको भनाई छ । मन्त्री बस्नेतको अनुसार चारजना चिकित्सक, तीनजना ल्याब टेक्निसियन, नर्सहरु, मनोसामाजिक परामर्शदाता पनि बारपाक पुगेका छन् । दुई दिनमा एकहजार जनाको एण्टिजेन परीक्षण गर्ने लक्ष्य रहेको उनले बताउनु भयो । गाउँलेमा नैराश्यताका कारण कोरोना परीक्षण गर्न आनाकानी गरेको स्थानिय युवा खेमराज घले ले बताए । बारपाकमा शुक्रबार पनि एकजना को मृत्यु भएको छ । जेठ लागेपछिको १३ दिनको अवधिमा बारपाकमा १३ जनाको मृत्यु भइसकेको छ । मन्त्री बस्नेतले गम्भिर विरामि हरुको उपचार प्रदेश सरकारले गर्ने उद्घोष गर्नुभएको अनेरास्ववियुको केन्द्रीय सदस्य एवं गोर्खालि युवा नेता प्रविण अधिकारी ले जानकारि दिनुभयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  
कोरोनाका कारण थप ६ जनाको मृत्यु २५ कार्तिक २०७८, बिहीबार १७:२८
थप ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि २४ कार्तिक २०७८, बुधबार १७:२७
थप ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि २३ कार्तिक २०७८, मंगलवार १७:४८

Mega

TV

Mega Tv
Go to Mega TV