२०८३ बैशाख ४, शुक्रबार

   2026, Apr 17 Friday

मन्त्रीपरिषद्लाई पूर्णता नदिएर सरकारले तमाशा देखाएको एमाले अध्यक्ष ओलीको आरोप

३ भाद्र २०७८, बिहीबार २०:११

३ भाद्र,काठमाण्डौं


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले मन्त्रीपरिषद्लाई पूर्ण नदिएर तमाशा मात्र देखाइरहेको आरोप लगाउनु भएको छ ।
अध्यक्ष ओलीले संसदलाई छल्न सरकारले अध्यादेश ल्याएको आरोप पनि लगाउनुभयो । अध्यक्ष ओलीले नेकपा एमालेमाथि तानाशाही, गैर कानुनी प्रवृत्ति देखाए त्यो महँगो पर्नजाने चेतावनी दिनुभयो । माधवकुमार नेपाल समूहलाई १० प्रतिशत समेत पु¥याउन नसक्ने बनाइदिने ओलीले चेतावनी पनि दिनु भयो ।
एमाले जिल्ला कमिटी भक्तपुरले आज भक्तपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले माधव नेपालको लिस्टमा नाम लेखेर निर्वाचन आयोगमा नाम दर्ता गराउनेलाई पार्टीमा फर्कन आह्वान गर्नुभयो । उहाले माधव पक्षमा गएका नेताहरुको भविष्य अन्धकार रहेको तर्क गर्दै आफ्नो पार्टीमा रहेका नेताहरुलाई आवश्यक जिम्मेवारी दिइने बताउनुभयो ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV