२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

भोलिदेखि १९ गतेसम्म विद्युत कटौती हुनसक्ने

१२ असार २०७८, शनिबार १५:१४

१२ असार काठमाण्डौं

नेपाल विद्युत प्राधिकरणले भोलिदेखि १९ गतेसम्म विद्युत कटौती हुनसक्ने जनाएको छ । आज एक सूचना जारी गर्दै प्राधिकरणले राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी आयोजनालाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न लागेकाले विद्युत कटौती हुने जनाएको हो ।
माथिल्लो तामाकोशी आयोजनालाई राष्ट्रिय प्रशारण लाइनमा जोड्ने कार्य गर्दा खिम्ती लामोसाँघु १ सय ३२ केभी प्रशारण लाइन बन्द हुनेछ । सो प्रसारणलाइन बन्द भएपछि प्रणालीमा विद्युत अपुग हुने भएकोले ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनबाट विद्युत आपूर्ति हुने क्षेत्रका औद्योगीक ग्राहकहरूका लागि छोटो समयका लागि विद्युत कटौती हुन सक्ने प्राधिकरणको भनाई छ । निर्धारित समय अगावै प्रशारण लाइन जोड्ने काम सकिए सोही अनुसार विद्युत आपूर्ति गरिने छ । यसैबीच कुलेखानी जलाशयको पानी प्रयोग गरी सकेसम्म विद्युत कटौती कम गर्ने प्रयासमा रहेको समेत प्राधिकरणले जनाएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV