बिरोधिको गायत्री मन्त्र मदन भण्डारी:प्रधानमन्त्री
१४ असार २०७८, सोमबार १४:०५
काठमाण्डौ असार १४ गते .मदन भण्डारी को ७०औ जन्मजयन्ती को अबसरमा प्रधानमन्त्री केपि ओली ले बिभिन्न नेताहरुको ब्याग्ंयत्मक ढंगले प्रस्तुत गदै मदनभण्डारी को भन्दा प्रचण्ड र माधव नेपालको कटाक्ष गदै प्रचण्ड छेपारो को संज्ञा दीदै उनले रंग बदल्नु केहि अनर्थ नहुने बताउनु भयो । साथै माधब नेपाल लाइ पसुको पुच्छरको उदाहरण दीदै स्वघोसीत कहीले अध्यक्ष बनाउछु भन्यो , कहिले प्रधानमन्त्री को अफर गर्यो भन्दै स्याल हुईया मच्चाएको आरोप लगाउनु भएको थियो । जनतालाइ प्रचण्डले सो अबसरमा जनयूद्धमा घटेको घटना नबिर्षन अपिल समेत गरेका थिए । नागरीक समाज र बौद्धिक जनहरुलाइ ध्यानाकर्षण गराउदै अहिले अदालतमा पनि प्रचण्ड पथको चर्चा हुनेगरेको आरोप पनि लगाउनु भएको थियो । साथै माधब नेपाल जस्तो अराजक र अराजनितीक मान्छे नेपाली राजनिती एकमात्र पात्र भएको आरोप लगाउदै एमाले बाट राजिनामा नगरी बाहीर बाहीर चाहारेको मा आपत्ती समेत जनाउनु भएको थियो । मदन भण्डारी को जन्म जयन्ती समेत मनाउन नमान्ने ले बक्तब्य निकाल्नु हास्यासपद रहेको बताउदै उहा कानमा चिनी हाल्ने मान्छेको मात्रै खोजि गरीरहने पात्र भएको समेत आरोप लगाउनु भएको थियो । आजको कार्यक्रमा मदनभण्डारी भन्दा माधब र प्रचण्डको नाम बढी उच्चारण गरेका प्रधानमन्त्रीले साथमा सबैको गायत्री मन्त्र मदन भण्डारी भएको बताउनु भएको थियो ।

