बिच्छेद भएका सडकसञ्जालको तत्काल मर्मत गरि सडक खुलाउन प्रधानमन्त्रीको निर्देशन
२७ श्रावण २०७८, बुधबार ०७:०४
२७ साउन २०७८ु काठमाण्डौं
प्रधानमन्त्री शेर बहादुर देउवाले बाढी र पहिरोका कारण बिच्छेद भएका सडकसञ्जालको तत्काल मर्मत गरि सहज आवतजावतको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
सिंहदरबारमा मंगलबार बसेको बिपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को सातौ बैठकमा प्रधानमन्त्री देउवाले तत्काल यान्त्रीक पुल बनाएर सहज रुपमा आवतजावतको व्यवस्था मिलाउन राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण निर्देशन दिनुभएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए ।
गोरखा, मनाङ, बाजुरा लगाएतका स्थानमा तत्काल खाधान्न, त्रिपाल, औषधी लगाएतका सामाग्री तत्काल लैजाने निर्णय पनि बैठकले गरेको छ । बैठकमा मनसुनयता प्राकृतिक प्रकोपबाट भएका क्षतिका बारेमा छलफल भएको उहाले बताउनुभयो ।

