२०८३ बैशाख १८, शुक्रबार

   2026, May 1 Friday

बारामा कारसंग ठोक्किएर पाटे बाघको मृत्यू

१८ पुष २०७७, शनिबार १२:५७

काठमाडौं १८ पुस,। बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगल क्षेत्रमा निजी कारको ठक्करबाट एउटा पाटे बाघको मृत्यु भएको छ ।

हेटौंडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले बाटो क्रस गर्दै गरेको वयस्क बाघलाई आज बिहान ७ः२० मा ठक्कर दिएको थियो । कारको ठक्करबाट १० वर्षको पूर्ण वयस्क पाटे बाघको राजमार्गमै मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

कार चालक सर्लाहीका ५० वर्षीय अजय मिश्र र बाघलाई प्रहरीले राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ । सहायक संरक्षण अधिकृत रमेश कुमार यादवका अनुसार मिश्रलाई हिरासतमा लिएर आवश्यक कारबाही अगाडि बढाइएको छ ।

पाटेबाघ नेपालको संरक्षित वन्यजन्तुमध्ये एक हो ।

Share on Social Media
  •  
  •  
  •  
  •  
Fraga Bet platformas kazino v mrclr bir yerd.1988 (2) १९ बैशाख २०८३, शनिबार ००:४७
Официальный сайт в Казахстане Olimp Casino.1816 १९ बैशाख २०८३, शनिबार ००:१९
Kasyno online Vulkan Vegas Metody patnoci.1875 १९ बैशाख २०८३, शनिबार ००:०९

Mega

TV

Mega Tv
Go to Mega TV