बजेटको विरोध गर्नुको कुनै अर्थ छैन ः प्रकाशमान सिहं
६ जेष्ठ २०७६, सोमबार १६:०७
नेपाली काग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि बिनियोजन हुने बजेटको विरोध गर्नुको कुनै अर्थ नरहेको बताउनुभएको छ ।
सोमबार काठमाडौको घट्टेकुलोमा निर्माण हुन लागेको बीर गणेशमान सिंह जेष्ठ नागरिक भवनको शिल्यानाश गर्दे नेता सिंहले सांसदलाई आउने बिकास बजेट हचुवाका भरमा खर्च नहुने भन्दै यसको विरोध गर्नुको कुनै अर्थ नै नभएको बताउनुभयो । उहाले बिकास बजेट कार्यक्रम र प्रक्रियाका आधारमा मात्र खर्च हुने बताउनुभयो । जनताबाट चूनिएका जनप्रतिनिधिले जनताको चाहनाअनुसारको विकास गर्नका लागी बिकास बजेट महत्वपूर्ण हुने उहाकोे भनाई छ । नेता सिंहले सांसद बिकास बजेटको उचित कार्यान्वयन गर्नका लागी सरकारले सरल व्यवस्था गर्नुपर्ने पनि बताउनुभयो ।
कार्यक्रममा काठमाडौ महानगरका मेयर विद्यासुन्दर शाक्यले आफुले महानगरको एकपैसापनि आफ्नो व्यक्तिगत खातामा नरहेको दाबी गर्नुभयो । उहाले आफुमाथि भ्रम फैलाउन विरोधीहरुले हल्ला फैलाएको स्पष्ट पार्नुभयो । साढे चार तल्लामा निर्माण हुने बीर गणेशमान सिंह जेष्ठ नागरिक भवन १६ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

