बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद उच्चस्तरीय भेटवार्तामा
२७ कार्तिक २०७६, बुधबार १०:२९
नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बुधबार उच्चस्तरीय भेटवार्तामा व्यस्त रहनुहुने भएको छ । बंगलादेशका राष्ट्रपति हमिदले ११ बजेर १० मिनेटमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्ने कार्यक्रम तय भएको छ । उहाँले २ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्दै दिउँसो २ बजेर ४० मिनेटमा प्रधानमन्त्री केपी शर्मा ओली र दिउँसो सवा तीन बजे उपराष्ट्रपति नन्दबहादुर पुनसँग पनि भेट गर्नुहुनेछ । दिउँसो साढे ४ देखि ५ बजेसम्म राष्ट्रपति विद्यादेवी भण्डारी र बङ्गलादेशका राष्ट्रपति हमिदबीच आपसी हितका विषयमा छलफल हुने भएको छ । बुधबार नै राष्ट्रपति भण्डारीले समकक्षीको स्वागतमा रात्रिभोज आयोजना गर्नुभएको छ ।

