२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) को लगातार तेस्रो जित

५ भाद्र २०७८, शनिबार ०९:३४

काठमाडौँ, ५ भदौ ।


फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार तेस्रो जित हात पारेको छ ।
स्टार फरवार्डद्वय नेयमार र लियोनेल मेस्सीबिनै पीएसजीले घरेलु टोली ब्रेस्टलाई ४–२ ले हराउँदै लिग वानमा लगातार तेस्रो सफलता हात पारेको हो । यसअघि पीएसजीले ट्रोएसलाई २–१ ले तथा स्ट्रासवर्गलाई ४–२ ले हराएको थियो । ब्रेस्टमा गएराति भएको खेलमा पीएसजीको जितमा एन्डर हेरेरा, केलियन एमबाप्पे, इड्रिसा गाना गुआई र एन्जल डि मारियाले गोल गरे । घरेलु टोलीका फ्रान्क होनोरट र सिटभ मोउनीले गोल फर्काए । यो खेलमा प्रशिक्षक मौरिसियो पोचेटिनोले नेयमार र मेस्सीलाई टोलीमै समेटेका थिएनन् । दुवै खेलाडी ढिला गरी प्रशिक्षणमा सामेल भएका थिए । मेस्सीले अर्काे खेलबाट पीएसजीमा डेब्यु गर्ने सम्भावना रहेको बताइएको छ । जितपछि पीएसजी ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । ब्रेस्ट ३ खेलबाट २ अंक जोडेर १२औं स्थानमा रहेको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV