२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

फिफा महिला फुटबल वरीयतामा नेपालले एक स्थान सुधार

१२ असार २०७८, शनिबार ०९:०९

१२ असार काठमाण्डौं

फिफा महिला फुटबल वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १००औं स्थानमा उक्लेको छ । यसअघि नेपाल १०१ औं वरीयतामा थियो । नेपालको १ हजार २ सय अंक रहेको छ । दक्षिण एसियामा नेपाल भारतपछि दोस्रो स्थानमा छ भने एसियामा २१ औं स्थानमा छ । भारत भने ५७ औं स्थानमा रहेको छ । नेपालले आगामी सेप्टेम्बरमा एएफसी वुमन्स एसियन कप छनोट खेल्दैछ । त्यसमा समूह एफमा रहेको नेपालले घरेलु मैदानमा हङकङ र फिलिपिन्ससँग खेल्नेछ । फिलिपिन्स ६८औं र हङकङ ७६औं स्थानमा यथावत छन् । विश्व वरीयतामा भने अमेरिका पहिलो स्थानमा रहेको छ । यस्तै जर्मनी दोस्रो, फ्रान्स तेस्रो, नेदरल्यान्ड्स चौथो, स्वीडेन पाँचौं, इंग्ल्यान्ड छैठौं, ब्राजिल सातौं, क्यानडा आठौं, अष्ट्रेलिया नवौं र जापान १० औं स्थानमा रहेको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV