२०८३ बैशाख ११, शुक्रबार

   2026, Apr 24 Friday

प्रधानमन्त्री केपी शर्मा ओली आईसीयूमा

१० मंसिर २०७६, मंगलवार १३:५८

एपेन्डिसाइटिसको अपरेशनपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आईसीयूमा सारिएको छ । त्रिभुवन शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अप्रेशन सकिएपछि ओलीलाई आईसीयुमा सारिएको हो। प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको एपेन्डिसाइटिसको अपरेसन मंगलबार मध्यान्ह १२स्४५ बजे सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डाक्टर रमेशसिंह भण्डारीको टोलीले प्रधानमन्त्रि ओलीको एपेन्डिसाइटिसको अप्रेशन गरेपछि कम्तीमा तीन दिन अस्पतालमै राखिने भएको छ । सोमबार रातभर पेट दुखेर पखाला लागेपछि ओलीलाई उपचारका लागि त्यहाँ भर्ना गरिएको थियो। प्रधानमन्त्रीको उपचारमा संलग्न एकजना चिकित्सकले स्वास्थ्यमा समस्या आउन सक्ने सम्भावनालाई ध्यान दिँदै कम्तीमा तीन दिन अस्पतालमै राखिने जानकारी दिए

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV