२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

प्रधानमन्त्री ओली राम्रोसँग बोल्न सक्ने अवस्थामा

११ मंसिर २०७६, बुधबार ११:१९

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । बिहान १०ः३० बजेको स्वास्थ्य जानकारी दिदैं अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको जनाएको छ । प्रेस नोट जारी गर्दै अस्पतालले प्रधानमन्त्री ओली राम्रोसँग बोल्न सक्ने अवस्थामा रहेको जनाएको हो । प्रेस नोटमा सम्माननीयज्यूको स्वास्थ्यमा निरन्तर सुधार भइरहेको र उहाँ अहिले राम्रोसँग कुराकानी गर्न सक्ने अवस्थामा भएको व्यहोरा जानकारी गराइन्छ लेखिएको छ । स्वास्थमा सुधार आएकाले बुधबार बिहानबाट भेन्टिलेटर पनि हटाइएको छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV