२०८३ बैशाख ६, आइतवार

   2026, Apr 19 Sunday

पोखरामा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु

२४ माघ २०७६, शुक्रबार ११:०५

पोखरामा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। बिहीबार साँझ छिमेकीको घरमा खेलेर फर्किँदा बाटोमै चितुवाको आक्रमणबाट पोखरा ३२ कोठेगाउँकी ७ वर्षीया पूजा विकको मृत्यु भएको हो। राति अबेरसम्म बालिका घर नफर्किएपछि खोजतलास गर्ने क्रममा गाउँनजिकै जंगलमा उनको शव भेटिएको थियो। पछिल्लो समय कास्की र तनहुँ क्षेत्रमा चितुवाको आक्रमणबाट हालसम्म १० जनाको मृत्यु भैसकेको छ। चितुवा आक्रमणपछि स्थानीयहरुमा त्रास फैलिएको छ। सम्बन्धित निकायले चितुवा नियन्त्रणमा लिएर अन्यत्रै स्थानान्तरण गरेपlg आक्रमणको दर घटेको छैन। बस्तीसम्म जंगल विस्तार भएपछि चितुवाको पहुँच गाउँघरमा बढेको विज्ञहरु बताउँछन्। आहाराको खोजीमा उनीहरु सहर छिरेका हुन्।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV