पार्टी विभाजनको औचित्य छैन् सुवास नेम्वाङ
१८ भाद्र २०७८, शुक्रबार २०:१८
भाद्र १८, काठमाण्डौं
नेकपा एमालेका नेता सुवास नेम्वाङले पार्टी फुटको औचित्य पुष्टि हुन नसक्ने बताउनुभएको छ ।
शुक्रबार ललितपुरमा पार्टी निकट प्रगतीशील तथा पेशागत कानुन व्यवसायी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले पार्टीलाई विभाजन गर्नुको औचित्य पुष्टि गर्न माधव नेपाललाई चूनौती समेत दिनुभयो । माले फुटाउँदा राष्ट्रियताको मुद्दा हुँदा पनि त्यसको औचित्य स्थापित हुन नसकेको भन्दै अहिले त्यस्ता कुनै मुद्दा नै नभएको उहाले बताउनुभयो ।
उहाले एमाले र एमालेभन्दा बाहिर रहेका नेताहरुले सर्वसम्मतीले कार्यदलको सहमतिपत्रका आधारमा एकतागर्नुपर्छ भन्दा बिधि र प्रक्रिया भन्दा बाहिर गएर सुटुक्क पार्टी दर्ता गरेको आरोप लगाउनुभयो । उहाले अध्यादेशका बारेमा बिभिन्न चर्चा हुने गरेको भन्दै ओलीको सरकारले अध्यादेश ल्याउदा चार दिनसम्म कुनै पार्टी नफुटेको जिकिर गर्नुभयो । नेम्वाङले सरकार बिस्तार हुने बितिकै गठबन्धन दलहरु नै फुटको संघारमा पुग्न सक्ने भएकाले सरकार बिस्तार हुन नसकेको धारणा राख्नुभयो ।
नेम्वाङले अव पार्टीलाई थप एकतावद्ध र मजबुद ढंगले अघि बढाउनुपर्ने पनि बताउनुभयो । भेलामा एमाले अध्यक्ष केपी ओली सहभागी हुने भनिएतापनि विवाद हुने देखिएपछि उहा सहभागी हुनुभएन । एमालेमा १० बुँदे कार्यान्वयनमा गइरहेका बेला केहिलाई जानकारी नै नदिइ भेला राखेपछि विवाद भएको छ ।

