२०८३ बैशाख ५, शनिबार

   2026, Apr 18 Saturday

पाकोस फरेरासँग १–० ले पराजित

४ भाद्र २०७८, शुक्रबार ०९:१५

४ भाद्र, काठमाण्डौं


टोटेनहम हट्सपर युइएफए युरोपा कन्फरेन्स लिग अन्तर्गत बिहीबार पोर्चुगलको पाकोस फरेरासँग १–० ले पराजित भएको छ ।
पोर्चुगलमा भएको खेलमा सिटी विरुद्ध सुरुआत गरेका सबै खेलाडीलाई विश्राम दिँदा टोटेनहम हट्सपर पाकोस फरेरासँग पराजित भएको हो । टोटेनहम हट्सपरले दोस्रो रोजाइको टोली खेल मैदानमा उत्रार्दा खेल अवधिभर एक गाले पनि प्रहार गर्न सकेन । पहिलो हाफमा लुकास सिल्भाले गरेको गोल नै पाकोसका लागि निर्णायक गोल बन्न पुगेको हो । पहिलो हाफको अन्तिम मिनेटमा भालेन्ते सान्तोसको पासमा सिल्भाले गोल गरेका थिए । मिडफिल्डबाट खेलाएको पासमा सिल्भाले अफसाइड ट्रयाप बिट गर्दै वन भर्सेस वनको अवस्थामा सुन्दर फिनिस गरेका थिए । टोटेनहमले खेल अवधिभर बल पोसेसनमा पकड जमाएपनि आक्रमणमा भने निकै कमजोर बनेको थियो । टोटेनहमले यसै ट्रान्सफर विन्डोमा अनुबन्ध गरेका स्पेनिस विंगर ब्रायन गिल, डिफेन्डर क्रिस्टियन रोमेरो र गोलरक्षक पिएरलुइजी गोलिनीलाई खेलाएको थियो । त्यस्तै युवा फरवार्ड डेन स्कारलेट र नाइल जोनले पनि क्लबको लागि पहिलो सुरुवात गरेका थिए । तर गोल गर्न नसक्दा टोलीले दोस्रो लेगमा अब जित हासिल गर्नु पर्नेछ । दोस्रो लेग अर्को साता टोटेनहमको मैदानमा हुनेछ । दुई लेगको प्लेअफबाट विजयी हुने टोलीले यूईएफए युरोपा कन्फरेन्स लिगको समूह चरणमा स्थान पक्का गर्नेछ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV