पहिरोले गर्दा खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
६ आश्विन २०७८, बुधबार १०:१४
६ असोज, काठमाडौँ,
चितवनको इच्छाकामना स्थित घोप्टेभीरमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
गए राति ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बिहानैबाट पहिरो पन्छाउने काम सुरु गरिएको जनाइएको छ । ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने प्रहरीले बताएको छ । पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयले आफ्नो लेनमा अनुशासन कायम गरेर बस्न सबै सवारी चालकलाई अनुरोध गरेको छ ।
Share on Social Media

