२०८३ बैशाख ६, आइतवार

   2026, Apr 19 Sunday

पश्चिमी वायुको प्रभावले बिहीबारैदेखि मौसमा परिवर्तन

२६ मंसिर २०७६, बिहीबार १३:१९

काठमाडौं बिहीबार बिहानैदेखि मौसमा परिवर्तन आई चिसो बढेको छ । मौसम पुर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले बिहीबार बिहानैदेखि देशभरको मौसममा बदली आउने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । इरान, अफगानिस्तान, पाकिस्तान, जम्मु(कश्मीर)हुँदै पश्चिमी वायु बुधबार साँझ पश्चिम नेपाल प्रवेश गरेको छ । सोही वायुको प्रभावले बिहीबार बिहानैदेखि बादल लागि अत्याधिक जाडो बढेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले बुधबार साँझ नेपालको पश्चिमी भुभागबाट न्युनचापीय प्रणाली प्रवेश भएकाले पश्चिमी उच्च पहाडी र हिमाली भुभागमा भारी हिमपात हुने सम्भावना रहेको जनाएको छ । यो प्रणाली अझै सशक्त भई देशका मध्य र पुर्वका उच्च पहाडी र हिमाली भुभागमा समेत हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । उक्त प्रणालीका कारण देशैभरि बदली भई अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरि चिसो बढ्ने देखिन्छ ।

Share on Social Media
  •  
  •  
  •  
  •  

Mega

TV

Mega Tv
Go to Mega TV